मङ्गलबार, पुष ०९, २०८१

मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक


२१ कात्तिक, काठमाडौं । चन्द्र पन्त निर्देशित मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २८ सेकेन्ड रनटाइमको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ ।

ट्रेलरको न्यारेटरको रुपमा छन् सरोज खनाल । प्रदीप रावतको क्यारेक्टर परिचयसँगै ट्रेलर सुरु हुन्छ । हरि र नारायणी नामक जोडीले प्रेम सम्बन्धको रक्षाको लागि गर्ने संघर्षको कथावस्तु वरपर फिल्म घुमेको छ । शीर्ष भूमिकामा हरिहर अधिकारी र नीता ढुंगाना छन् ।

ब्रम्हनन्दम, विपना थापा, सुनिल बर्मा, मोहम्मद अली, कुबीर दुहान, रेखा थापा, आदर्श मिश्रा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, संचिता लुइँटेल, अग्रिम पण्डित, निर्मल शर्मा, बुद्धि तामाङ, रविन्द्र झालाई पनि ट्रेलरमा चित्रण गरिएको छ । रेखा माताको भूमिकामा देखिएकी छन् । ट्रेलरमा एक्सन दृश्य पनि समेटिएको छ ।

कसैले नदेखेको, कसैले नसुनेको, यही युगबाट सुरु भएको हरि र नारायणीको कथा’ न्यारेटर समेत रहेका खनालले ट्रेलरमा भनेका छन् । नीता फिल्म्सले निर्माण गरेको यो फिल्म कात्तिक ३० गते नेपाल र भारतमा समेत रिलिज हुँदैछ ।

नेपालमा नेपाली र हिन्दी दुबै भाषामा प्रदर्शन हुने भएको छ । नेपाल र भारत बाहेकका मुलुकमा भने एकसातापछि ल्याउने तयारी छ । यो फिल्म १४ जापानी सहरमा ७ डिसेम्बरदेखि रिलिज हुँदैछ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading