सोमबार, पुष ०८, २०८१

‘पूर्णबहादुरको सारंगी’को आक्रामक ब्यापार, कमायो पाँच दिनमै ४ करोड ८७ लाख !


२० कात्तिक, काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ले घरेलु बक्स अफिसमा आक्रामक ब्यापार गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले विजय बराल स्टारर फिल्मको ५ दिने कमाइ सार्वजनिक गरेको छ ।

१५ कात्तिक, विहिबार लक्ष्मीपूजाको दिनमा प्रदर्शनमा आएको फिल्मले १९ कात्तिक, सोमबारसम्म ४ करोड ८७ लाख ग्रस (४ करोड नेट) कमाइ गरेको छ । यो कूल कमाइबाट निर्मातालाई २ करोड नेट आम्दानी हुन्छ । यो कलेक्सनमा काठमाडौं टेरिटोरीको ४२ प्रतिशत र मोफसलको ४८ प्रतिशत योगदान छ । विहिबार र शुक्रबार कमजोर डेब्यु गरेको फिल्मले शनिबारदेखि बलियो ‘वर्ड अफ माउथ’को मद्दतमा लय समातेको थियो । त्यसपछि लगातार अकुपेन्सी आक्रामक देखियो ।

१ करोड ३० लाख रुपैयाँमा निर्माण भएको फिल्मका निर्मातालाई पूर्णतः नाफा प्राप्त भएको छ । ‘निर्माता नाफामा गैसक्नुभयो’ ब्यांकटेस इन्टरटेनमेन्टका मनोज राठीले भने । टिकट विक्री र ट्रेन्ड हेर्दा फिल्मले मंगलबार २ करोड कमाइ गर्ने प्रक्षेपण उनले गरे । मंगलबार पनि फिल्म २०० भन्दा धेरै शोसहित प्रदर्शनरत छ ।

मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले मंगलबार नै फिल्मलाई सुपरहिटको मान्यता दिइसकेको छ । मंगलबारदेखि नै यो फिल्म जापानमा पनि रिलिज भएको छ । टोकियोको नाकानो जिरो हलमा मंगलबार बिहानको शो हाउसफूल रहेको तस्वीर प्राप्त भएको छ । अर्को शो ६ः३० बजे तय गरिएको छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading