१८ कात्तिक, सर्लाही । सर्लाहीमा निर्माणाधीन घरको पर्खाल भत्किएर एक मजदुरको मृत्यु भएको छ । उक्त घटनामा एक जना घाइते भएका छन् ।
बरहथवा नगरपालिका–७ मा राजनारायण साहको निर्माणाधीन घरको पर्खाल भत्किएर च्यापिँदा आज बसवरिया गाउँपालिका–३, बगलवाका १७ वर्षीय रविन माझीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक गौतम खड्काले जानकारी दिनुभयो ।
घाइते माझीको बरहथवा बजारस्थित भेनस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सोही घटनामा परेर बरवरिया गाउँपालिका–३, क्याम्प चोकका १९ वर्षीय विकास महतो घाइते भएका छन् । उनको बरहथवास्थित ह्याप्पी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













