02/02/2026, 06:00:07
सोमबार, माघ १९, २०८२

बामपन्थीहरु अध्ययनशील हुनुपर्छ : रघुजी पन्त


काठमाडौं, माघ १८ गते । पूर्व शिक्षामन्त्री तथा नेकपा (एमाले) का नेता रघुजी पन्तले बामपन्थीहरु अध्ययनशील हुनुपर्ने बताउनुभएको छ । देशको मुहार फेर्न आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने भएकाले बामपन्थीहरु बढी अध्ययनशील हुनुपर्ने उहाँको भनाइ छ ।

राष्टिय जनसांस्कृतिक महासंघ नेपालले शनिबार यहाँ आयोजित सामाजिक यथार्थवाददेखि समाजवादी यथार्थवादसम्म विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वमन्त्री पन्तले सो धारणा राख्नुभएको हो । कार्यक्रममा प्रा.डा. जिवेन्द्रदेव गिरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

blog

महासंघका महासचिव आरसी न्यौपानेका अनुसार प्रस्तुत कार्यपत्रमाथि प्रा.डा हेमनाथ पौडेल, प्राध्यापक केशब सुवेदी र नमुना शर्माले टिप्पणी गर्नुभएको थियो ।