12/30/2025, 16:35:02
मङ्गलबार, पुष १५, २०८२

रास्वपाको समानुपातिक सूचीमा नाम राखिएकोप्रति डा. महेन्द्र लावतीको असहमति


विराटनगर, पुस १५ गते । उज्यालो नेपाल पार्टीका नेता तथा प्राध्यापक डा. महेन्द्र लावतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा आफ्नो नाम राखिएको विषयमा असहमति जनाएका छन् ।

रास्वपाले बुझाएको बन्द समानुपातिक उम्मेदवारको सूचीमा आदिवासी जनजाति पुरुष क्लस्टरको १२औँ नम्बरमा डा. लावतीको नाम समावेश गरिएको छ । तर उज्यालो नेपाल पार्टी र रास्वपाबीच एकता भएको विषयमा आफूहरूसँग कुनै छलफल नगरिएको भन्दै उनले सूचीमा नाम राखिनु आपत्तिजनक भएको बताएका हुन् ।

डा. लावतीले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङमार्फत दुई पार्टीबीच एकता भएको समाचार आफूहरूले सञ्चारमाध्यमबाट मात्रै थाहा पाएको बताए । डा. लावतीले गणतन्त्र, धर्मनिरपेक्ष राज्य, संघीयता र समानुपातिक प्रतिनिधित्व आफूहरूको बटम लाइन भएको स्पष्ट पारे । तर उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको भनिएको सातबुँदे सहमतिमा यी विषय समेटिएको नपाइएको उनले बताए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..