12/24/2025, 22:45:58
बुधबार, पुष ०९, २०८२

राजेन्द्र लिङ्देन र कमल थापाको राप्रपाको एकता


काठमाडौँ, पुस ९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी  र राप्रपा, नेपालबिच पार्टी एकताको निर्णय भएको छ ।

राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँगको फोटो सामाजिक सञ्जालमा राख्दै पार्टी एकताको निर्णय भएको जानकारी गराउनुभएको हो ।

कमल थापाले भनेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालको बीचमा एकता हुने निर्णय भएको सुखद समाचार सबैमा निवेदन गर्दछु।

महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले ०७८ माघ २५ गते पार्टी छोड्नुभएको थियो ।