12/23/2025, 17:29:53
मङ्गलबार, पुष ०८, २०८२

रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं


काठमाडौं, पुस ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले परिवर्तनमा लागेका, नयाँ भनिएका वैकल्पिक शक्तिहरुलाई संवाद मार्फत एकै ठाउँमा ल्याउने प्रयास स्वरुप अघि बढिरहेको बताउनु भएको छ ।

सहकारी सम्बन्धी मुद्दाको तारिख बुझ्न चितवन पुग्नुभएका सभापति लामिछानेले स्थानीय संचारकर्मीलाई प्रतिक्रिया दिँदै त्यसैको एउटा महत्वपूर्ण कडीका रुपमा अघि बढेको र त्यसलाई टुंगोमा पुर्याउने गरी हामी सबैसँग संवादमा रहेको बताउनुभयो ।

काठमाडौंका मेयर बालेन शाहलाई प्रधानमन्त्रीमा प्रस्ताव गरिएको हो त भन्ने प्रश्नमा सभापति लामिछानेले भन्नुभयो, हामी त्यस चरणमा प्रवेश गरेका छैनौं । पहिला थाहा हुनुपर्यो, कुराकानी हुनुपर्यो, परिस्थिति बारे बुझ्नु पर्यो । जानकारी लिनुपर्यो । हामी त्यो चरणमा छौं ।

मेयर बालेन शाहसँग सभापति लामिछाने सहितको रास्वपाको नेतृत्वले गएराति असिम शाहको निवासमा करिब छ घण्टा भेटवार्ता भएको थियो ।

कुलमान घिसिङसँगको वार्ता के हुँदैछ भन्ने अर्को प्रश्नमा उहाँले भन्नुभयो, अरु शक्तिहरुसँग छलफल हुँदैछ, सुदन गुरुङसँग पनि कुरा भएको छ । कुलमान जीसँग पनि कुराकानी गर्छौं । हामी सबैलाई एक ठाउँमा ल्याउन प्रयास गर्छौं । रास्वपा त्यसमा लागिरहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..