वीरगञ्ज, पुस ६ गते । प्रहरीले वीरगञ्जमा ठूलो परिमाणको लागूऔषध चरेशसहित ट्रक र दुई जनालाई पक्राउ गरेको छ।
शनिवार साँझ वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर ढाँटस्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधन चेकजाँचका क्रममा मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना३ ख ५०९३ नम्बरको ट्रकलाई रोकी जाँच गरेको थियो।
जाँचका क्रममा ट्रकको क्याबिनमाथि फल्स बनाई लुकाइछिपाइ राखिएको २४० केजी लागूऔषध चरेश जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित ट्रक चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–११ निवासी २९ वर्षीय सरोज मोक्तान र सोही स्थानका २१ वर्षीय नवराज लो लाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका दुवै व्यक्ति र बरामद लागूऔषधसहित थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















