काठमाडौँ, पुस ५ : नेपाली कम्युनिस्ट पार्टीले आज राजधानीको प्रदर्शनी मार्गमा एकतासभा गर्दैछ ।
सातै प्रदेशमा सभा गरेको नेकपाले काठमाडौंमा अन्तिम पार्टी एकता सभा गर्दैछ । र यो सभासँगै उसले फागुन २१ गते हुने निर्वाचनको लागि पहिलो सभाको रुपमा पनि व्याख्या गरेको छ ।
सभालाई नेकपाका संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधव कुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले एकता सभापछि नेकपामा लहर आएको उल्लेख गर्दै अब चुनावी सभामा बढी केन्द्रित हुने कार्यक्रम रहेको बताए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













