02/06/2026, 11:35:47
शुक्रबार, माघ २३, २०८२

नेपाल कम्युनिस्ट पार्टीको आज एकतासभा


काठमाडौँ, पुस ५ : नेपाली कम्युनिस्ट पार्टीले आज राजधानीको प्रदर्शनी मार्गमा एकतासभा गर्दैछ ।

सातै प्रदेशमा सभा गरेको नेकपाले काठमाडौंमा अन्तिम पार्टी एकता सभा गर्दैछ । र यो सभासँगै उसले फागुन २१ गते हुने निर्वाचनको लागि पहिलो सभाको रुपमा पनि व्याख्या गरेको छ ।

सभालाई नेकपाका संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधव कुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले एकता सभापछि नेकपामा लहर आएको उल्लेख गर्दै अब चुनावी सभामा बढी केन्द्रित हुने कार्यक्रम रहेको बताए ।