८ कात्तिक, काठमाडौं । आक्रामक व्यापार गरिरहेको फिल्म ‘छक्का पञ्जा ५’ आजबाट तेस्रो सातामा प्रवेश गरेको छ। दसैँको अवसरमा असोज २४ गतेबाट रिलिज भएको यस फिल्मले दुइ सातामा १७ करोड २० लाख ग्रस कलेक्सन गरेको हो। दुई सातामा ‘छक्का पञ्जा ५’ १७ करोड २० लाख कमाइ गरेको यस फिल्मका वितरक मनोज राठीले जानकारी दिए।
‘दुइ सातामा फिल्मले १७ करोड २० लाख हाराहारीमा ग्रस कलेक्सन गरेको छ। आज तेस्रो सातामा पनि फिल्ममा दर्शकहरुको राम्रो साथ छ,’राठीले भने। ब्यांकटेस इन्टरटेनमेन्टले यस फिल्मलाई नेपालभर वितरण गरिरहेको छ। पहिलो साता भने फिल्मले साढे ११ करोड कमाइ गरेको थियो।
दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, वर्षा शिवाकोटी र केदार घिमिरे मुख्य भूमिकामा छन्। फिल्ममा दीपक सहित केदार र निर्मल शर्माको लगानी छ। दीपककै कथा, पटकथा र संवाद रहेको फिल्मको कथा कर्मचारीतन्त्र र राजनीतिमा केन्द्रित छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










