काठमाडौँ, मङ्सिर २८ गते । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आफू ७० वर्ष उमेर पूरा भएको भन्दै आगामी महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।
भृकुटीमण्डपमा आज बिहान बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष ज्ञवालीले अब आफू चुनावी प्रतिस्पर्धामा नजाने स्पष्ट पारेका हुन् ।
‘म ७० वर्ष पुगेँ, अब फेरि चुनाव उठ्दिनँ,’ ज्ञवालीले भने । उनी लामो समयदेखि एमालेमा ७० वर्षे उमेरहद कायम हुनुपर्ने पक्षमा वकालत गर्दै आएका नेता हुन् ।
यद्यपि ज्ञवालीले पार्टीमा सक्रिय रहने र योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














