12/14/2025, 00:24:40
शनिबार, मङि्सर २७, २०८२

मुलुकमा विदेशीको हस्तक्षेप बढ्यो : झलनाथ खनाल


सुर्खेत, मंसिर २७ : नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विदेशीहरूको हस्तक्षेप बढेसँगै राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेको बताएका छन् ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाली कम्यूनिष्ट पार्टीकाे एकता सन्देश सभा’लाई सम्बोधन गर्दै नेता खनालले पुँजीवाद र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्यूनिस्ट मिलेर समाजवाद स्थापनामा जुट्न आवश्यक रहेको बताए ।

यो नयाँ पार्टी हैन, ७६ वर्षअघि कमरेड पुष्पलालले बनाउनु भएको पार्टी हो, विभाजन र विखण्डन हुँदै आएको पार्टी हो,’  उनले भने, ‘विभिन्न समस्या पार गरेर पनि हामीले परिवर्तन गर्न सकेनौं । सुधारवादको बाटोबाट हैन, हामी क्रान्तिकारी बाटोबाटमात्रै यो समाजवाद प्राप्त गर्ने छौं ।

नेता खनालले महाधिवेशनमा सहभागी एमाले नेता-कार्यकर्ताले पनि कम्यूनिष्ट शक्ति बनेर अघि बढ्न आवश्यक रहेको बताए ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले नयाँ बनेको पार्टीलाई भ्रष्टाचार नगर्नेहरूको पार्टी बनाएर अघि बढ्न आवश्यक रहेको बताए । ‘मजदुर, जनजाति, दलितलाई समेत एकताबद्ध गरेर काम गरिनेछ, सुशासनलाई पहिलो प्राथमिकतामा राखौं,’ उनले भने ।

– ज्योति कटुवाल