७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गर्छु भनेका ७० प्रतिशत काम सम्पन्न गरेको बताएका छन्। बुधबार सरकारको सय दिन पुगेको अवसरमा सिंहदरबारबाट उपलब्धि सार्वजनिक गर्दै उनले प्राकृतिक विपद् नआएको भए शत-प्रतिशत काम गर्ने दाबी समेत गरे।
‘प्रधानमन्त्री र मन्त्रीका बीच कार्यसम्पादन सम्झौता गर्यौं । सबै मन्त्रालयले पहिलो एक सय दिन र बाँकी अन्य समयमा गर्ने कामहरुको सूची बनायौं। पहिले सय दिन भित्र सबै मन्त्रालयले गर्ने भनेको कामको संख्या २७४ पुग्यो। ती मध्य १८५ वटा कामहरु सम्पन्न भएका छन्। यस सरकारले आफूले गर्छु भनेको ७० प्रतिशत काम गरेको छ। यदि प्रकृति प्रतिकुल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि यो सरकारले पुरा गथ्र्यो।‘ प्रधानमन्त्री ओलीको भनाइ छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















