उर्लाबारी, मङसिर २१ ।असोज २१ साँझ मोरङको लेटाङ नगरपालिका-२, स्कुलचोकबाट बेपत्ता भएकी १३ वर्षीया अंशु गौतमको हत्यामा संलग्न भएको अभियोगमा मोरङ प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
प्रहरीले लामो खोज अनुसन्धान पछि घटनामा संलग्न गौतमकै छिमेकी ५५ वर्षीय पदम बहादुर अधिकारीलाई पक्राउ गरेको हो ।
आइतबार प्रहरीले बिहान ११ बजे पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्दैछ ।घटना के थियो ?
अंशु गौतम घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता हुनुभएको थियो । बेपत्ता भएको १८ दिनपछि बेलबारी९चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा शव फेला परेको थियो ।
शरीर र टाउको छुट्टिएको र कपडा नभएको अवस्थामा भेटिएको शवको पहिचान घटनास्थलमा फेला परेको चप्पल र कपडाका आधारमा भयो ।
उहाँले लगाएको कपडाका आधारमा आफन्तले शवको पहिचान गरेको प्रहरीले जनाएको छ । डीएनए परीक्षण गर्दा अंशु कै शव भएको पुष्टि भयो ।
शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गर्यो । प्रारम्भिक अनुसन्धानका क्रममा बलात्कारपछि हत्या भएको अनुमान गरियो ।
तर प्रहरी निष्कर्षमा पुग्न सकेको थिएन । यद्यपि, लामो खोज अनुसन्धान पछि प्रहरीले हत्यारा पत्ता लगाउन सफल भएको छ ।१३ वर्षीय अंशुसँग मोबाइल थिएन ।
घरदेखि केही पर रहेको पिङसम्म पुगेको छिमेकीले देखेका थिए । असोज २१ गते बेलुका साढे ५ बजेसम्म उनलाई देख्नेहरू छन् ।
त्यसपछि कसैले देखेनन् ।घर नआएपछि राति स्थानीयले खोजी गरे ।नभेटेपछि आफन्त प्रहरीसम्म पुगे । सामाजिक सञ्जाल र सोधपुछ मार्फत स्थानीय र प्रहरीले खोजी गरे ।
लेटाङ २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिना पूर्व प्रहरी समेत रहेकोले उहाँले सबै संयन्त्र प्रयोग गरेर खोजी कार्य अघि बढाउनु भयो ।
तर, बेपत्ता भएको १८ दिनपछि जङ्गलमा दाउरा खोज्नेहरूले सडेको शव भेटेका थिए ।शवको पोस्टमार्टमपछि प्रहरीले आफन्तलाई शव बुझाउन सकेको छैन ।
आफन्तले न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन्, जसका कारण शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै राखिएको छ ।
मोरङ प्रहरी प्रमुख कवित कटवाल घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोसहितको टोली खटिएपछि अभियुक्त पत्ता लाग्न सफल भएको हो ।
उहाँका अनुसार शव सडिसकेको र घटनाको प्रकृतिका कारण अनुसन्धानमा जटिलता थियो । स्थानीयको दाबी भने बलात्कारपछि हतियार प्रयोग गरेर हत्या भयो भन्ने थियो ।
शरीर र टाउको छुट्टिनुले शङ्का बढायो । अङ्गहरू छुट्टाछुट्टै हुनुको कारण जंगली जनवारको आक्रमण पनि हुनसक्ने प्रहरीले आशंका गरेको थियो। अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्र्दै हुनुहुन्थ्यो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












