11/17/2025, 14:01:53
सोमबार, मङि्सर ०१, २०८२

दुई वटा संसदीय समितिको बैठक बस्दै


काठमाडौँ, मङ्सिर १ गते। दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्दैछ । सिंहदरवारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा बारेमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको स्थलगत अवलोकन भ्रमण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..