11/17/2025, 13:58:44
सोमबार, मङि्सर ०१, २०८२

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढ्यो


काठमाडौँ, मङ्सिर १ गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा दुई लाख ४२ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर प्रतितोला तीन हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा तीन हजार एक सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..