11/13/2025, 18:45:20
बिहिबार, कार्तिक २७, २०८२

मनोरम फालेलुङ तीन सिमाना क्षेत्र


फिदिम, कात्तिक २७ : हिजोआज मौसम छ्याङ्गै खुलेको छ । यो बेला पाँचथर जिल्लाको पर्यटकीय क्षेत्र फालेलुङ गाउँपालिको तीन सिमाना क्षेत्रको वातावरण निकै रमाइलो छ । त्यही भएर यहाँ आन्तरिक र बाह्य पर्यटकको आवागमन बढेको छ ।

समुद्री सतहदेखि ३ हजार ५ सय मिटरभन्दा उचाइमा रहेको यो ठाउँमा मौसम खुल्दा कुम्भकर्ण र कञ्चनजङ्घासँगै विश्वको सर्वोच्च शिखर सगरमाथासम्मका दृश्यावलोकन गर्न सकिन्छ । नेपाललाई भारतसँगको सीमावर्ती वेस्टबङ्गाल र सिक्किमसँग सिमाना जोडिएको हुनाले यस क्षेत्रलाई तीन सिमाना भनिएको हो ।

– राधा लुइटेल