काठमाडौँ, कात्तिक २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविराज जोशीको मुद्दा उच्च अदालत दाङको बुटवल इजलासमा न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्याल परेको छ । रवि र छविलालको मुद्दा इजलासको पहिलो नम्बरमै रहेको छ ।
रवि र छविराजले आफ्नो बिगोबापतको रकम तिरेर थुनामुक्त हुनुपर्ने मागसहित उच्च अदालतमा निवेदन दिएका थिए । सो निवेदनमाथि २० कात्तिकमा पहिलोपटक सुनुवाइ भएको छ । त्यस दिन अदालतले रुपन्देही जिल्ला अदालतबाट पठाइएका आदेश तथा कागजातहरू माग गर्ने आदेश दिएको थियो ।
सो मागपछि आज उक्त मुद्दामा पेसी तोकिएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














