काठमाडौँ, कात्तिक २७ गते । बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य ५ हजार ९०० रुपैयाँले वृद्धि भएको छ । चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी ३ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार एक तोला सुन २ लाख ४४ हजार ३०० र चाँदी ३ हजार १७५ मा खरिदबिक्री भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










