11/13/2025, 17:30:34
बिहिबार, कार्तिक २७, २०८२

सेयर बजार १‍.१३ अंक बढे, नेप्से २५४५ अंकमा, ३ अर्ब ४९ करोडको कारोबार


२७ कात्तिक, काठमाडौं : साताको अन्तिम कारोबार दिन सेयर बजार १‍.१३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५४५ अंकमा कायम भएको छ । १२ : ३१ बजे नेप्से २५३० अंकसम्म झरेको थियो । जुन विन्दु आजका लागि न्यूनतम रह्यो । त्यस्तै २ : ०६ बजे नेप्से परिसूचक आजको अधिकतम २५५९ अंकसम्म पुगेको थियो ।

सेयर बजार झिनो अंक बढ्दा पनि ६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । माबिलुङ इनर्जी, स्वेतगंगा हाइड्रोपावर, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर, बन्दीपुर केबुलकार र रुरु जलविद्युत् परियोजनाको मूल्य १० प्रतिशत बढ्यो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडको भयो ।

१२३ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो भने ८ को स्थिर रह्यो ।  समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । बैंकिङ ०.१२, फाइनान्स ०.०९, होटल तथा पर्यटन ०.७२, हाइड्रोपावर ०.२२ तथा व्यापार ०.७९ प्रतिशत बढे । अन्य ०.२४, निर्जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२९, जीवन बीमा ०.२३, लगानी ०.०७, विकास बैंक ०.०८ प्रतिशत घटे ।

त्यस्तै दरमखोला हाइड्रो इनर्जीको ६.८८, भूगोल इनर्जीको ४.९९ तथा दोल्ती पावरको ४.२० प्रतिशत मूल्य बढ्यो । नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ४.८२ प्रतिशत घट्यो । इस्टर्न हाइड्रोपावरको ३.७०, बेस्ट फाइनान्सको ३.१८ तथा सुपर मादीको २.५० प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, हिमालयन डिस्टिलरी, युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र साहस ऊर्जा छन् ।