मङ्गलबार, पुष ०९, २०८१

६ दिनमै फिल्म ‘छक्कापञ्जा ५’को कमाइ नाघ्यो १० करोड !


३० असोज, काठमाडौं । घरेलु बक्स अफिसमा ‘छक्कापञ्जा ५’को उछाल कमाइको गति रोकिने छाँटकाँट छैन । प्रदर्शनको छैटौं दिन मंगलबारसम्म फिल्मले एक महत्वपूर्ण अंकगणितिय उपलब्धि हासिल गरेको छ । फिल्मले ६ दिनसम्म न्यूनतम १० करोड ग्रसको कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले यो अवधिमा १० करोड ५० लाख ग्रस हाराहारीमा कमाइ गरेको हो ।

फिल्मले प्रदर्शनको छैटौं दिन मंगलबार मात्रै डेढकरोड कमाएको छ । सातौं दिन बुधबार सोही हाराहारीमा कमाइ हुने प्रक्षेपण वितरक मनोज राठीले गरे । उनकोे यो प्रक्षेपणको आधारमा फिल्मको पहिलो साताको कमाइ १२ करोड हाराहारीमा हुने देखिन्छ । ‘पहिलो साताको कमाइ १२ करोड भित्र समेटिने हाम्रो अनुमान हो’ राठीले भने ।

१० करोड क्लब आफैमा महत्वपूर्ण बक्सअफिस उपलब्धि हो । दीपाश्री निरौला निर्देशित यो फिल्म विहिबारदेखि मध्यपूर्व, मलेसिया र माल्दिभ्समा पनि रिलिज हुँदैछ । ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले भने आधिकारिक रुपमा बक्सअफिस कलेक्सनको रिपोर्ट सार्वजनिक गरिसकेका छैनन् ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading