11/12/2025, 13:25:23
बुधबार, कार्तिक २६, २०८२

जनकपुरमा सात दलको धर्ना


काठमाडौँ, कात्तिक २६ गते । मधेश प्रदेशका सात दलले बुधबार पनि प्रदर्शन जारी राखेका छन् ।

सोमबारबाट आन्दोलनरत रहेका प्रदेशका सात दलले आज पनि धर्ना, विरोध, नाराबाजी शुरु गरेको हो ।

मधेश भवनको मुख्यमन्त्री कार्यालय अगाडि गेटमा प्रदर्शन शुरु भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सोमबार मधेश प्रदेशमा नेकपा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि सात दलले शुरुमा प्रदेश प्रमुख, त्यसपछि मुख्यमन्त्री र मधेश प्रदेश सभाका सभामुखविरुद्ध आन्दोलन जारी राखेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..