काठमाडौँ, कात्तिक २५ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अहिलेसम्म एक सय ३५ जनाले धारणा राख्नेक्रम सकिएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार बसेको बैठकमा नेताबिच नियमित महाधिवेशन, विशेष महाधिवेशन, फागुन २१ गते तोकिएको निर्वाचन लगायत विभिन्न दश वटा एजेण्डामा छलफल भएको छ।
पौडेलले भन्नुभयो, “आज पनि नेताहरुले बोलिरहनुभएको छ। भोलि पनि बिहान साढे ११ बजे बैठक बोलाइएको छ। अहिलेसम्म बैठकमा एक सय ३५ जनाले बोल्नुभयो। बोल्ने क्रम भोलि सकिएला कि।”
कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, दिपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवविक्रम शाह, प्रकाश रसाइली स्नेही, भीम पराजुली र गोमाकुमारी भट्टराईले धारणा व्यक्त गर्नुभयो।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान साढे ११ बजे पुनः बस्ने छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












