11/10/2025, 12:50:47
सोमबार, कार्तिक २४, २०८२

चीनले हटायो कारमा प्रयोग हुने चिप्समाथिको निर्यात नियन्त्रण


बेइजिङ । चीनले कार बनाउन प्रयोग हुने कम्प्युटर चिप्समाथिको निर्यात नियन्त्रण हटाएको छ । त्यहाँको वाणिज्य मन्त्रालयले यो जानकारी दिएको हो ।

यसले चिनियाँ स्वामित्वमा रहेको कम्पनी नेक्सेरियालाई नागरिक प्रयोगको लागि चिप निर्यात गर्न छुट दिएको छ । चीनले चिपको निर्यात कसिलो बनाएपछि युरोपमा आफ्नो उत्पादन प्रभावित हुने हो कि भनेर डराएका कार निर्माताहरूलाई चीन सरकारको पछिल्लो निर्णयले मद्दत गर्ने देखिएको छ ।

यसको साथै चीनले चिपका लागि महत्त्वपूर्ण केही सामग्री अमेरिकामा निर्यात गर्न लगाइएको प्रतिबन्ध पनि हटाएको छ । यो घोषणाले चीन र अमेरिकाबिचको व्यापार तनाव कम हुने संकेत गरेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकअर्काका देशहरूमा लगाइएका करहरू घटाउन सहमत भएको केही दिनपछि यो निर्णय आएको हो ।

-एजेन्सी

 


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..