11/09/2025, 18:42:27
आइतबार, कार्तिक २४, २०८२
हङकङ सुपर सिक्सेस

हङकङ सुपर सिक्सेस : नेपाल युएईसँग पराजित


काठमाडौँ, कात्तिक २३ : हङकङ सुपर सिक्सेसअन्तर्गत बाउल लिगको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स(युएई)सँग ४३ रनले पराजित भएको छ ।

युएईसँगको हारसँगै नेपालको हङकङ सिक्सेस यात्रा सकिएको छ । जितका लागि १३० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा चार विकेटको क्षतिमा ८६ रनमा समेटिएको थियो । नेपालका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ३२ रन बनाउनुभयो । यस्तै सन्दीप जोराले ३१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा युएईका मुहम्मद फरुकले दुई तथा निलान्स केस्वानी र साघिर खानले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईका लागि केस्वानीले ५० रन बनाउनुभयो । यस्तै जाहिद अलीले ३० र फरुकले २४ रन जोड्नुभयो । बलिङमा नेपालका रसीद खानले दुई तथा रुपेश सिंह र लोकेश बमले एक एक विकेट लिनुभयो ।