11/07/2025, 14:00:52
शुक्रबार, कार्तिक २२, २०८२

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


काठमाडौँ, कात्तिक २१ गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ३८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य दुई लाख ३७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर तोलामा तीन हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तीन हजार १० रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..