11/06/2025, 14:00:22
बिहिबार, कार्तिक २१, २०८२

सुन तोलामा ६ सय रुपैयाँले वृद्धि


काठमाडौँ, कात्तिक २० गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ३७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य दुई लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलामा तीन हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी दुई हजार नौ सय ९० रुपैयाँ कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..