एएफपी । पूर्वी प्रशान्त महासागरको अन्तर्राष्ट्रिय जल क्षेत्रमा लागुऔषध ओसार–पसार गर्ने डुंगालाई लक्षित गरी अमेरिकी सेनाले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको रक्षा सचिव पीट हेग्सेथले सामाजिक सञ्जाल मार्फत जनाएका छन् ।
राष्ट्रपति (डोनाल्ड) ट्रम्पको निर्देशनमा, युद्ध विभागले एक नामित आतंकवादी संगठनद्वारा सञ्चालित जहाजमा घातक आक्रमण गरेको जहाजले लागुऔषध बोकेको दाबी गर्दै हेग्सेथले आफ्नो पोस्ट मार्फत जनाएका छन् ।
आक्रमणमा कुनै अमेरिकी सेनाहरू प्रभावित नभएको उल्लेख गर्दै आतंककारीहरूको डुंगामा सवार दुई जनाको मृत्यु भएको जनाएका छन्
सेप्टेम्बर २ देखि, अमेरिकी सेनाले क्यारिबियन र पूर्वी प्रशान्तमा १७ डुङगाहरुमा आक्रमण गर्दा ६६ जनाको मृत्यु भएको दाबी गरेको छ ।
ट्रम्प प्रशासनले अगस्ट देखि क्यारिबियनमा आफ्नो सैन्य उपस्थिति पनि विस्तार गरेको छ ।
शुक्रबार ट्रम्पले आफ्नो प्रशासनले भेनेजुएलाका सैन्य सुविधाहरूमा आक्रमण गर्ने मिडिया रिपोर्टहरूको खण्डन गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलाभित्र भूमि आक्रमण गर्ने कि नगर्ने भन्नेबारे अझै निर्णय नगरेको बताएका थिए ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले भने बारम्बार आफ्नो सरकारलाई अपदस्थ गर्ने र ल्याटिन अमेरिकामा अमेरिकी सैन्य प्रभाव विस्तार गर्ने प्रयासको स्वरूपको वाशिंगटनको कार्यहरूको निन्दा गरेका छन् । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले गत महिना समुद्रमा लागुऔषध संदिग्धहरूको हत्या अमेरिकी सरकारले गरेको आरोप लगाएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















