01/01/2026, 22:06:06
बिहिबार, पुष १७, २०८२

अमेरिकामा कार्गो विमान दुर्घटना, ७ जनाको मृत्यु, ११ जना घाइते


काठमाडौँ, कात्तिक १९ गते । अमेरिकामा कार्गो विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

अमेरिकाको केन्टकी राज्यको लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा मालवाहक विमान उड्ने क्रममा धावनमार्गमा दुर्घटना भएको अन्तर्राष्ट्रिय माध्यम सञ्चारले जनाएको छ ।

दुर्घटनापछि विमानमा रहेको करिब ३८ हजार ग्यालेन इन्धन विस्फोट हुँदा आगो फैलिएको थियो । सोही कारण विमानमा रहेका ३ जना र बाहिर रहेका अरूलाई पनि आगोको लप्काले लपेटेको थियो भने विमानबाहिर रहेका ४ जनाको मृत्यु भएको हो ।

११ जना आगोबाट पोलिएको अवस्थामा रहेको बताइएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..