काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशासन, स्थायित्व र राजनीतिक सहकार्यका लागि ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौँको बालुवाटारस्थित एक होटेलमा केहीबेरदेखि उक्त संवाद कार्यक्रम चलिरहेको हो ।संवादमा सहभागी हुन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, ‘नाउपा’ नेपालका संरक्षक रेसम चौधरी सहभागी छन् ।
जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नयाँ राजनीतिक विकल्पका लागि भन्दै रास्वपाले संवाद कार्यक्रम आयोजना गरेको बताएको छ ।
नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरुबीच सहकार्यका नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थबोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफल आयोजना गरिएको उपसभापति वाग्लेले बताएका छन् ।

 
										            			                                    
 
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
										            			                                     
	                                














