01/11/2026, 09:38:04
आइतबार, पुष २७, २०८२

सुनको मूल्य तोलामा २७०० रुपैयाँले उकालो


काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार सात सय रुपैयाँले बढेर दुई लाख ३९ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य स्थिर रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ८० रुपैयाँले बढेर तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  बिहीबार चाँदी २ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..