10/30/2025, 18:46:00
बिहिबार, कार्तिक १४, २०८२

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस


काठमाडौँ, कातिक  १३ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेस गर्नुभएको हो ।

नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आयोगले आर्थिक वर्ष २०८१र ०८२ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..