10/30/2025, 13:49:28
बिहिबार, कार्तिक १४, २०८२

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने


काठमाडौँ, कात्तिक   १३ गते   ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा  मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताउनुभयो । आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उहाँले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताउनुभयो ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा एक/दुई भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..