काठमाडौँ, कात्तिक १३ गते ।आइसिसी विश्वकप लिग–२ शृङ्खलामा यूएईविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले शतक बनाउनुभएको छ ।
दुबई एकेडेमी टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान पौडेलले पाँच चौका र एक छक्काको मद्दतमा १२६ बलको सामना गर्दै शतक पूरा गर्नुभएको हो ।
यूएईविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले ३५, आरिफ शेख २७, दीपेन्द्रसिंह ऐरीले २३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।





