10/30/2025, 13:50:32
बिहिबार, कार्तिक १४, २०८२

सुनको भाउ स्थिर रहँदा चाँदी बढ्यो


काठमाडौं, १३ कात्तिक । बिहीबार सुनको भाउ स्थिर रहँदा चाँदी बढेको छ । सुनको भाउ अघिल्लो दिनकै मूल्य तय भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्य तय भएको थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

 


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..