10/29/2025, 17:46:53
बुधबार, कार्तिक १३, २०८२

सञ्चारमन्त्री खरेलद्वारा दिवङ्गत पत्रकार सुरेश रजकको परिवारसँग भेट


काठमाडौँ, कात्तिक १२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिवङ्गत पत्रकार सुरेश रजकको परिवारसँग भेट गरी पीडितको न्यायका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा बुधबार दिवङ्गत पत्रकार रजककी धर्मपत्नी सुजन रजकसहितको परिवारसँग छलफल गर्दै सञ्चारमन्त्री खरेलले दिवङ्गत पत्रकार रजकको न्यायका लागि आफूले निरन्तर पहल गर्ने विश्वास दिलाउनु भयो ।

सञ्चारमन्त्री खरेलले दिवङ्गत पत्रकार रजकको धर्मपत्नी सुजन रजकलाई रोजगारीका निम्ति समन्वय गर्ने तथा निजको उच्च शिक्षाका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

भेटमा रजककी धर्मपत्नी सुजन रजकले सुरेशको न्यायका लागि पहल गरिदिन सञ्चारमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो ।

विसं. २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनको क्रममा आग्जनी भएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन रजकको परिवारले माग गर्दै आएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..