03/01/2026, 04:53:20
शनिबार, फागुन १६, २०८२

सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा वृद्धि


काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । मंगलबार तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ७०० रुपैयाँ घट्दै तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको हो ।

तिहारपछि बजार खुलेसँगै सुनको मूल्य घट्दै आएको छ ।

यसैबिच बुधबार चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार भने बढेर तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..