काठमाडौँ, कात्तिक ११ गते ।नेपाली बजारमा मङ्गलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला दुई हजार नौ सय रुपियाँले सुनको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला दुई लाख ३७ हजार रुपियाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार दुई लाख ३९ हजार नौ सय रुपियाँमा सुनको कारोबार भएको थियो ।
यसैगरी, चाँलीको मूल्य पनि घटेको छ । आज तोलामा ६० रुपियाँ घटेर २९२० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिने चाँदी प्रतितोला २९८० रुपियाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेसँगै नेपाली बजारमा पनि घट्दै गएको छ । तिहारपछि सुनको मूल्य प्रतितोला १६ हजार पाँच सय रुपियाँ घटिसकेको छ ।
असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च दुई लाख ५८ हजार रुपियाँ पुगेको रेकर्ड छ । त्यस्तै सोही दिन चाँदी प्रतितोला ३३५० रुपियाँसम्म पुगेको थियो ।



















