10/27/2025, 16:22:13
सोमबार, कार्तिक ११, २०८२

तोलामा २ हजार रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ३५ रुपैयाँले घटेर तोलाको दुई हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..