काठमाडौँ, कात्तिक १० : ग्रान्डी अन्तर्राष्ट्रिय हस्पिटल विश्व स्ट्रोक सङ्गठनबाट उच्च प्रविधिको मस्तिष्कघातसम्बन्धी उपचार केन्द्रका रूपमा मान्यता प्राप्त गर्ने नेपालकै पहिलो अस्पताल बनेको छ ।
ग्रान्डी अस्पतालमा स्थापना गरिएको मस्तिष्कघातसम्बन्धी उपचार केन्द्रलाई विश्व स्ट्रोक सङ्गठनले अस्पतालको गुणस्तरीय सेवा मूल्याङ्कन गरेर अन्तर्राष्ट्रियस्तरको मापदण्डका आधारमा उक्त मान्यता प्रदान गरेको हो ।











