बञ्जुल (गाम्बिया), पुस १८ गते । गाम्बियाको तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ बेपत्ता भएको अधिकारीले बताएका छन् । विज्ञप्ति जारी गर्दै गाम्बियन सरकारले अनुमानित २०० भन्दा बढी आप्रवासी बोकेको डुङ्गा समुद्रीक तटमा दुखद दुर्घटना भएको पुष्टि गरेको बताएको छ ।
डुङ्गा देशको उत्तरी किनाराको गिनाक गाउँ नजिकै दुर्घटना भएको बताइएको छ । अधिकारीले डङ्गामा सवार कम्तीमा ९६ जनालाई उद्धार गरिएको र तीमध्ये धेरैजना गम्भीर घाइते भएको बताएका छन् । दुर्घटनाको सुचना प्राप्त भएपछि गाम्बियन नौसेनाले यस क्षेत्रमा उल्लेख्य नौसैनिक जहाज तैनाथ गर्दै खोजी र उद्धार अभियान सुरु गरेको जनाएको छ ।
अनियमित आप्रवासीले प्रायः स्पेनको क्यानरी टापुमा खतरनाक एटलान्टिक तट पार गर्ने प्रयास गर्छन् । जसलाई उनीहरुले युरोपको प्रवेशद्वारका रुपमा प्रगोग गर्दै आएका छन । यद्यपि, सेनेगल, मौरितानिया र मोरक्कोको तटमा कडा समुद्री नियन्त्रणले तस्करलाई गाम्बिया र गिनीबाट थप टाढाको प्रस्थान बिन्दु प्रयोग गर्न बाध्य पारेको जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















