काठमाडौँ, असोज १ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई एसियाली फुटबल महासङ्घ (एएफसी) ले १० हजार अमेरिकी डलर (करिब १४ लाख रुपियाँ) जरिवाना गरेको छ ।
एएफसीले एएफसी फुटसल कप–२०२६ को छनोटमा भाग नलिएपछि एन्फालाई यस्तो कारबाही गरेको हो । एन्फाले छनोट खेल हुनु साँढे तीन महिना अघिमात्र नाम फिर्ता लिएको थियो ।
एएफसीको अनुशासन र आचारसंहिता कमिटीको वैठकले नेपाललाई कारबाही गर्ने निर्णय गरेको हो । एन्फाले उक्त जरिवाना रकम ३० दिन भित्र बुझाउनु पर्नेछ । एएफसी जरिवानासँगै नेपाललाई यसै फुटसल प्रतियोगिताको अर्को संस्करणमा समेत भाग लिन नपाउने कारबाही समेत गरेको छ ।