11/17/2025, 18:27:55
सोमबार, मङि्सर ०१, २०८२

पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग


काठमाडौं, पूर्व शिक्षामन्त्री  सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  परित्याग गरेकी छन् ।

उनले रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा आफूले पार्टी छोडेको बताएकी हुन् । सुमना लामो समयदेखि रास्वपाभित्र असन्तुष्ट थिइन् ।

सुमनाले अर्को पार्टी ज्वाइन गर्ने वा अहिले बनेको नयाँ सरकारमा मन्त्री बन्ने तयारी नरहेको निकट स्रोतको भनाइ छ । उनी प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहणमा पुगेपछि मन्त्री बन्न सक्ने चर्चा चलेको थियो । तर सुमना स्वयम्ले आफू मन्त्री अहिले नबन्ने र बाहिरैबाट सरकारलाई सघाउने बताएकी छन् ।

सुमनाले केही महिना अगाडि रास्वपाको सहमहामन्त्री पद त्यागेकी थिइन् । उनी निवर्तमान सांसद हुन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..