09/13/2025, 19:55:11
शनिबार, भदौ २८, २०८२

प्रतिनिघि सभा विघटनप्रति आठ दलको असन्तुष्टी


काठमाडौँ, भदौ २८ : प्रतिनिधि सभा विघटनलाई आठ राजनितिक दलले असंवैधानिक भनेका छन् ।

शनिबार संयुक्त रूपमा प्रेस विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा विघटनलाई संविधानमाथिको प्रहार भएको उल्लेख गरेका छन् ।

आठ दलले विघटनले जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको पनि जनाएका छन् । दलहरूले  विज्ञप्तीमा प्रतिनिधिसभा पुनर्स्थापनाको माग समेत गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।