09/13/2025, 14:03:52
शनिबार, भदौ २८, २०८२

अन्तरिम सरकारको स्वागत गर्दै मिलेर काम गर्न जारी राख्ने भारतको प्रतिक्रिया


काठमाडौं, २८ भदौ : शुक्रबार सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेपछि भारतले प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयले भारत दुवै देश र नागरिकको हित र समृद्धिका लागि नेपालसँग मिलेर काम गर्न जारी राख्ने बताएको छ ।

विदेश मन्त्रालयका तर्फबाट जारी वक्तव्यमा भनिएको छ, ‘हामी सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गर्दछौं । यसबाट नेपालमा शान्ति र स्थिरता कायम हुने हाम्रो अपेक्षा छ ।

यस्तै वक्तव्यमा, ‘एक नजिकको छिमेकी, साथै लोकतन्त्र र लामो समयदेखि विकासको सहयोगीका रुपमा भारत–नेपाल साथमा मिलेर दुवै देश र नागरिक हित र समृद्धिका लागि काम गरिरहनेछन् ।