09/13/2025, 02:11:40
शुक्रबार, भदौ २७, २०८२

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ : शीर्ष नेताहरूको अनुपस्थिति


काठमाडौं, भदौ २७ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्रीहरु, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी हुनु भएन ।

शितल निवासमा शुक्रबार आयोजित शपथ ग्रहण कार्यक्रममा उहाँहरुको सहभागिता देखिएन । सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार सभामुख घिमिरेको स्वास्थ्य अवस्था ठीक नभएको र सुरक्षाका कारण त्यहाँ अनुपस्थित रहनुभएको हो । यद्यपि उहाँलाई शपथ ग्रहण कार्यक्रमको निम्ता भने आएको उहाँले जानकारी दिनुभयो ।

आज दिउँसो सभामुख घिमिरे र अध्यक्ष दाहालले संंयुक्त बक्तव्यमार्फत संविधानवादभन्दा बाहिर जान नहुने अपिल गर्नुभएको थियो । संवैधानिक प्रक्रियाअनुसार मुलुकको निकास खोज्न उहाँहरुले आग्रह गर्नुभएको थियो ।

शपथ ग्रहण कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु कसैको उपस्थिति रहेन । शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, विभिन्न देशका कुटनीतिज्ञहरु र नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..