काठमाडौ, भदौ २७ : पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले देशलाई विदेशी हस्तक्षेपबाट बचाउन चाँडोभन्दा चाँडो पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख पदमा शपथ खुवाइहाल्न अपिल गरेका छन्।
जेन(जी प्रतिनिधिकै प्रस्तावअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति गर्ने लगभग पक्का गरिसकेका छन्। तर उनी गैरसांसद भएकाले संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति गर्न बाँकी छ।
त्यसका लागि जेन(जी, नेपाली सेनासहित सरोकारवाला पक्षसँग आज पनि वार्ता जारी रहने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
‘यो विशिष्ट परिस्थितिमा नेपालको संविधान रक्षा र विदेशी हस्तक्षेपबाट देशलाई बचाउनको लागि जेनजीहरूको प्रस्तावमा परेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखको यथाशीघ्र शपथ खुवाइयोस्’, प्रतिनिधि सभा सदस्यसमेत रहेका किराँतीले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्।
यसअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन ढिलाइ नगर्न सुझाव दिएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














