09/09/2025, 20:26:25
मङ्गलबार, भदौ २४, २०८२

जेनजी आन्दोलन


काठमाडौँ ,भदौ २४ : उग्र बन्दै गएको जेनजी आन्दोलनमा सहभागीहरूले सर्वोच्च अदालतमा पनि तोडफोड गरेका छन् ।

मंगलबार दिउँसो सर्वोच्च अदालत परिसरमै छिरेका प्रदर्शनकारीहरूले त्यहाँ रहेका सवारीसाधन लगायत भवनमा ठुलो क्षति पुर्‍याएका छन् ।

प्रचण्ड पुत्री गंगा दाहालको घरमा आगजनी :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालको घरमा आगजनी गरिएको छ ।मंगलबार जेनजी पुस्ताका युवाहरूको समूहले ललितपुर महानगरपालिका वडा नम्बर २६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् ।आगजनीबाट दाहालको घर पूर्णरूपमा क्षतिग्रस्त भएको बताइएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पतीमाथि कुटपिट :

प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पतीमाथि कुटपिट गरेका छन् । मंगलबार प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । जेनजी युवाहरूले  सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका छन् ।अहिले उनीहरुले देशभर प्रदर्शन गरिरहेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..