काठमाडौं, भदौ २४ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ललितपुर खुमलटारस्थित निवास नजिकैको सुरक्षा बिटमा जेनजी पुस्ताका प्रदर्शनकारीले आगजनी गरेका छन्। मंगलबार साढे ९ बजेतिर प्रदर्शनकारीको एउटा समूहले आगजनी गरेको हो।
काठमाडौं बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घर आसपासमा पनि प्रदर्शनकारी देखिएका छन्।
सोमबारदेखि भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरुद्धमा जेनजी पुस्ता राजधानी लगायत देशैभरी आन्दोलनमा उत्रिएका हुन्। जेनजी पुस्ताका प्रदर्शनकारीले सामाजिक सञ्जालमा राजनीतिक नेताको घर निशाना बनाउने अभिव्यक्ति दिएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










