09/08/2025, 01:44:14
आइतबार, भदौ २२, २०८२
एमाले विधान महाधिवेशन

एमालेले पारित गरेका यी हुन २९ बुँदे प्रस्ताव

महाधिवेशनले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने अभियानलाई अझ सशक्त बनाउन ‘मिसन २०८४’ लाई साझा लक्ष्यका रूपमा अघि बढाउने निष्कर्ष निकालेको छ ।


ललितपुर, भदौ २२ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक दोस्रो विधान महाधिवेशन शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा सम्पन्न भएको छ ।

महाधिवेशनले प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदनसहित सात वटा प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले विशेष समारोहबीच गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषद्, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका अध्यक्षहरूले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

समूहगत छलफल

महाधिवेशनमा प्रस्तुत प्रतिवेदन तथा प्रस्तावमाथि १० वटा समूहमा छलफल गरिएको थियो । समूह नेताहरूले राजनीतिक, सांगठनिक तथा विधान संशोधन प्रस्तावका विषयमा सुझाव प्रस्तुत गर्नुभएको थियो । छलफलपछि अध्यक्ष ओली, उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले प्रतिनिधिहरूको जिज्ञासाको जवाफ दिनुभएको थियो ।

अध्यक्ष ओलीको मन्तव्य

अध्यक्ष ओलीले जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त भएको स्पष्ट पार्दै समाजवादको आधार निर्माण गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विग्रेका व्यक्तिसँग अनावश्यक एकता खोज्नेभन्दा सही विचारलाई जनतामा पुर्‍याएर एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको प्रस्तुति

उपाध्यक्ष पौडेलले एमाले जबजबाट विचलित भएको भन्ने भ्रमपूर्ण प्रचार निन्दनीय भएको बताउनुभयो । उहाँले पार्टीलाई मिसन २०८४ अन्तर्गत बहुमतसहित सरकार गठन गर्न अध्यक्ष ओलीको नेतृत्वमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । महासचिव पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै एमालेलाई आगामी निर्वाचनमा एकल बहुमत प्राप्त गर्ने दिशामा अघि बढाउन सबैलाई आह्वान गर्नुभयो । महाधिवेशनले डा. विजय सुब्बाको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग गठन गरेको छ ।

२९ बुँदे समसामयिक प्रस्ताव

महाधिवेशनले सचिव योगेश भट्टराईद्वारा प्रस्तुत २९ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । प्रस्तावमा राष्ट्रियता, राजनीतिक स्थायित्व, सुशासन, विकास, किसानको समस्या समाधान, प्राकृतिक विपत्तिपीडितको पुनःस्थापना, चाडपर्वमा मूल्यवृद्धि नियन्त्रण, जलवायु परिवर्तन, बसाइँसराइ, संविधान संशोधन, सामाजिक न्याय, दलित र महिलामाथिको विभेद अन्त्य, लिपुलेक विवाद समाधान, प्रवासी नेपालीको अधिकार संरक्षण, रोजगार सिर्जना, कृषि सिँचाइ आयोजनाको विस्तार लगायत विषयमा ठोस अडान र आह्वानहरू समावेश छन् ।

पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले आइतबार साँझ जारी गर्नु भएको प्रेस विज्ञप्ति प्रकार छ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ऐतिहासिक दोस्रो विधान महाधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव सर्वसम्मत रुपमा पारित गर्दै अत्यन्त सफलतापूर्वक आज सम्पन्न भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २० गते पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशेष र भव्य समारोहबीच उद्घाटन गर्नुभएको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, विधान संशोधन सम्बन्धी प्रस्ताव, सांगठनिक प्रतिवेदनका साथै केन्द्रीय निकायका चारवटा प्रतिवेदनहरू सर्वसम्मतरूपमा पारित गरी सम्पन्न भएको छ ।

विधान महाधिवेशनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आ–आफ्ना निकायका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

माथि उल्लेखित तीनवटा दस्तावेजहरू सातवटा प्रतिवेदनहरूमाथि छलफल गरी सुझाव प्रस्तुत गर्न दशवटा समूह निर्माण गरिएको थियो । ती समूहहरूमा खासगरी राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमाथि अत्यन्त सौहार्दपूर्ण वातावरणमा घनिभूत छलफल भएको थियो । छलफलपछि सबै समूहबाट टोली नेताहरूले सुझाव प्रस्तुत गर्नुभएको थियो । सुदूरपश्चिम समूहबाट पार्टीका प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी, कर्णाली प्रदेश समूहबाट प्रदेश अध्यक्ष गुलावजंग शाह, लुम्बिनी प्रदेश समूहबाट प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, गण्डकी प्रदेश समूहबाट प्रदेशका का.बा. अध्यक्ष मीनप्रसाद गुरुङ, बाग्मती प्रदेश समूहबाट प्रदेश अध्यक्ष कैलाश ढुंगेल, मधेश प्रदेश समूहबाट प्रदेश अध्यक्ष चन्द्रश्वर मण्डल, कोशी प्रदेश समूहबाट प्रदेश अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय निकाय, विभाग र केन्द्रीय कार्यालय समूहबाट केन्द्रीय लेखा आयोगका सचिव शिव अधिकारी, सल्लाहकार तथा आयोजक समूहबाट केन्द्रीय सदस्य चुडामणि जंगली र उपत्यका, जनसंगठन, सम्पर्क कमिटी तथा प्रवास कमिटी समूहका तर्फबाट भक्त गुरुङले आआफ्ना समूहका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

समूहगत प्रस्तुतिपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासा, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदनमाथिका सुझाव र जिज्ञासाका बारेमा जवाफ दिनुभएको थियो ।

प्रतिवेदनमाथि प्रतिनिधिहरूले राखेका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद देशलाई हरेक क्षेत्रमा बाटो देखाउने मार्गदर्शक सिद्धान्त भएको स्पष्ट गर्नुभयो । उहाँले माक्र्सवादलाई पार्टीले जबजका रूपमा कार्यान्वयन गर्न चाहेको र गरिरहेको बताउनुभयोे ।

महाधिवेशनमा प्रस्तुत प्रतिवेदनको संक्षिप्त चर्चा गर्दै टेडिसनल जार्गनहरुको प्रयोग गरेर होइन, जबज सिद्धान्त हो, मूल कानुन होइन, यो मार्गदर्शक सिद्धान्त हो, जबजको मार्गदर्शनमा समाजवादका आधार तयार गर्दै अगाडि बढ्दैछौं, यस्तै परिस्थिति, कार्यनीति, रणनीतिसहित स्पष्ट भिजन राखेर हामी अगाडि बढनेछौं ।

अध्यक्ष ओलीले पार्टी निर्माणको काम गर्दा विग्रेका मानिसहरूसँग एकता खोज्दै हिड्नु आवश्यक नरहेको भन्नुहुँदै पार्टीका सही नीति र विचारलाई जनतामा पुर्‍याएर पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

विधान संशोधनसम्बन्धी प्रस्तावका बारेमा सविस्तार प्रष्ट पार्दै उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको जनताको बहुदलीय जनवादबाट एमाले ‘डिरेल’ भयो भनी भ्रम सिर्जना गर्न प्रायोजित प्रचार गरिएको भन्दै त्यो निन्दनीय भएको बताउनुभयो । उहाँले विधानको प्रस्तावनामा राखिएको नेपाली मौलिकता र विशेषतामा आधारित समाजवादका बारेमा स्पष्ट गर्दै नेपालले अन्य मुलुकका समाजवादको नक्कल नगर्ने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले पार्टी सही नीति, सक्षम तथा भरोसायोग्य नेतृत्वका साथ अगाडि बढिरहेको बताउँदै पार्टीका नीतिलाई राष्ट्रका नीतिमा अनुदित गर्न मिसन–२०८४ मा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार गठन गर्नु आवश्यक रहेको हुँदा सोही उत्साह र आत्मविश्वासका साथ फर्कन सहभागी प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।

महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदनमाथि आएका सुझावका लागि धन्यवाद दिनुका साथै जिज्ञासाको जवाफ दिनुभएको थियो । सो क्रममा उहाँले जनताको बहुदलीय जनवादलाई अझ विकसित र समुन्नत बनाउँदै पार्टी अगाडि बढ्ने बताउनुभयो । जबजले दिशानिर्देश गरे बमोजिम पार्टी निर्माणमा लोकतान्त्रीकरणको अगुवाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको महासचिव पोखरेलले स्पष्ट गर्नुभयो । महासचिव पोखरेलले पार्टी निर्माणको केन्द्रविन्दु मिसन २०८४ हुनुपर्ने र पार्टीलाई आगामी निर्वाचनमा एकल बहुमत दिलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने अभिभारामा जोड दिनुभयो ।

उहाँले राजनीतिक प्रतिवेदन पारित भएपछि त्यसको आधारमा र प्राप्त सुझावका आधारमा अन्य प्रतिवेदनहरू परिमार्जन र परिस्कृत गरिने स्पष्ट गर्नुभयो ।

विधान महाधिवेशनले डा. विजय सुब्बा अध्यक्ष रहेको केन्द्रीय निर्वाचन आयोग सर्वसम्मत निर्वाचित गरेको छ । २५ सदस्यीय निर्वाचन आयोगमा सानुराज पोखरेल उपाध्यक्ष, कुन्साङ लामा सचिव र सदस्यहरुमा समिर नेपाल, टंकप्रसाद उपे्रती, चन्द्रलाल क्याप्छाकी मगर, कृष्णकुमारी गुरुङ, काशीचन्द्र बराल, डा. हरिप्रसाद भण्डारी, सुर्यबहादुर शाही, भूराज राई, भरत पोखरेल, हिराचन्द्र केसी, लोकबहादुर थापा, केशव आचार्य, दमन तामाङ, झविलाल पोखरेल, नर्मदा भण्डारी, विमला विक, अर्चना गहतराज, शर्मिला गुरुङ, नारायणी शर्मा, रचनाराज उपाध्याय, हेमकला गैरे, बिनादेवी शाह हुनुहुन्छ ।

महाधिवेशनले समसामयिक प्रस्ताव मस्यौदा समितिको तर्फबाट पार्टीका सचिव योगेश भट्टराईले प्रस्तुत गर्नुभएको विभिन्न राष्ट्रिय-अन्तर्राष्टिय महत्वका समसामयिक २९ बुँदे प्रस्ताव पारित गरेको छ, पारित प्रस्तावहरू यसप्रकार छन् :

समसामयिक प्रस्तावहरू

निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्यको मूल नारासहित सम्पन्न नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन (२०–२२ भदौ २०८२ गोदावरी, ललितपुर)ले राष्ट्रियता, राजनीतिक स्थायित्व, सुशासन र विकास, आर्थिक, वातावरण एवं जनसरोकारका विभिन्न विषयमा समसामयिक प्रस्तावहरु माथि गम्भीर छलफल गरी पारित गरेको छ ।

१.    यो महाधिवेशन राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक आर्थिक रुपान्तरणको आन्दोलन र क्रान्तिमा सङ्लग्न हुने क्रममा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुको आदर्शलाई निरन्तर अनुशरण गरिरहने संकल्प गर्दछ ।

२. यो महाधिवेशन पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीलगायत आन्दोलनका अग्रज कमरेडहरुप्रति उच्च सम्मान व्यक्त गर्दै हार्दिक श्रद्धासुमन अर्पण गर्दछ ।

३. दशौं महाधिवेशनयता दिवंगत हुनुभएका पार्टी उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पूर्वस्थायी कमिटी सदस्य प्रदीप नेपाल, पोलिटब्युरो सदस्य बालकृष्ण ढुङ्गेल, लेखा आयोगका सदस्य खम्ब खत्री, केन्द्रीय सल्लाहकार परिषद् सदस्यहरु इन्दिरा चापागाईं, भोजराज ढुङ्गेल, रामबहादुर दानी, रामचन्द्र चापागाईं, धर्मनाथ यादव, महेश चौधरी, डा. ऋतुराज गड्तौला, देवी पोखरेल, बालकृष्ण भट्टराई, बालकृष्ण मैनाली, मोहन विश्वकर्मा, त्रिरत्न शाक्य, बैकुण्ठनाथ दहाल, गणेश पौडेल, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरु ऐना गिरी, चित्रबहादुर कार्की, रामचन्द्र थपलिया, कालीचन्द्र साह, पूर्व सांसदहरु विदुर सापकोटा र यज्ञराज न्यौपाने, पार्टीका अग्रज व्यक्तित्व छत्रबहादुर बोहरा, महिला कार्यकर्ता कमरेड विमला महत, लुम्बिनी प्रदेशसभा सदस्य तथा नेतृ सरिता पुन लगायत यसबीचमा दिवंगत हुनुहुने कमरेडहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

४. यो विधान महाधिवेशन गत असार २४ गतेको अविरल वर्षा र बाढीले रसुवामा जनधनको ठूलो क्षति पु¥याएको छ । बाढी पहिरोले कैयौँ व्यक्तिको ज्यान गएको छ भने कतिपय व्यक्ति अझै पनि वेपत्ता छन् । बाढीले नेपाल र चीनलाई जोड्ने मितेरी पुल बगाउनुका साथै सुख्खा बन्दरगाहमा राखिएका दर्जनौँ गाडी, कन्टेनर र भौतिक संरचनामा क्षति पु¥याएको छ । यसबाहेक देशका विभिन्न भूभागमा प्राकृतिक विपत्तिले ठूलो क्षति पु¥याएको छ । यस विधान महाधिवेशन यस क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै पीडितहरूलाई राहत र ध्वस्त संरचनाहरूको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गर्दछ । मितेरी पुल यथाशीघ्र निर्माणका लागि मित्र राष्ट्र चीनसँग आवश्यक समन्वय र कूटनीतिक पहलका लागि आह्वान गर्दछ ।

५. यो विधान महाधिवेशन किसानहरूले धान खेतीमा आवश्यक पर्ने रासायनिक मल पर्याप्त मात्रामा पाउन नसकेको गुनासो प्रति गम्भीर रहेको छ । त्यसैगरी दुध उत्पादक किसानहरूलाई दुग्ध विकास संस्थान र निजी डेरीहरूले भुक्तान गर्नुपर्ने ३ अर्बभन्दा बढी बक्यौता अझै बाँकी रहेको र यसले किसानहरूलाई निकै मर्कामा पु¥याएको गुनासो प्रति पार्टी गम्भीर छ साथै उखु किसानहरुको सरोकारप्रति पनि पार्टी गम्भीर छ । नेपाली किसानहरूले भोग्नुपरेका यी लगायत यावत् समस्याहरूको तदारुकताकासाथ समाधान गर्न, नेपाली किसानहरूको जीवनस्तर माथि उठाउन र खाद्य सुरक्षा प्रत्याभूत गर्न सरकारसमक्ष आह्वान गर्दछ ।

६. यो महाधिवेशन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘साङ्घाई सहयोग संगठनको शिखर सम्मेलनको सहभागिता र मित्रराष्ट्र चीन भ्रमण (१४–१८ भदौ, २०८२) मा रहँदा चीनका राष्ट्रपति सी चिन् फिङसँग नेपाली भूमी लिपुलेकलाई भारतसँग व्यापारिक मार्गको रूपमा प्रयोग गर्ने भनी गरिएको सम्झौताप्रति असहमति जाहेर गर्दै उपलब्ध भएका प्रमाण, तथ्य, नक्साका आधारमा उक्त भूमी नेपालको भएको दाबी प्रस्तुत गर्दै राष्ट्रिय स्वाधीनतालाई अन्तर्राष्ट्रिय जगतमा प्रष्ट पारी मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र सीमाका बारेमा राख्नुभएको अडानले मुलुकको शिर उँचो बनाएको ठहर गर्दछ । साथै यसक्रममा रुसलगायत विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखहरुसँग भएको द्विपक्षीय भेट र त्यसक्रममा व्यक्त प्रतिबद्धताहरुले नेपालको प्रतिष्ठालाई थप उँचो बनाएको महसुस भएको छ ।

७. नेपाली जनताको बलिदानपूर्ण संघर्षको जगमा नेकपा (एमाले)को मुख्य अगुवाइमा जारी भएको संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, आर्थिक–सामाजिक रुपान्तरण, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाको कार्यान्वयन, सामाजिक न्याय र राष्ट्रिय एकताको सवलीकरण, अन्तर्राष्ट्रिय समुदायमा नेपाल राष्ट्रको पहिचान र गौरवको प्रबर्धन, आमजनसमुदायमा क्रान्तिकारी आशावादको जागृति, बलियो र प्रभावकारी राज्यमार्फत् सुशासनको प्रत्याभूति, औद्योगिक तथा लगानीमैत्री वातावरणको सिर्जना, उद्यमशीलताको प्रवद्र्धनमार्फत् रोजगारी सिर्जनालगायतका क्षेत्रमा अनुभूत गर्ने परिणाम निकाल्न नेकपा (एमाले)को नेतृत्वमा बहुमतप्राप्त बलियो र स्थिर सरकार आजको राष्ट्रिय माग हो । यो अभिभाराको सफल कार्यान्वयनका लागि २०८४ को निर्वाचनमा नेकपा (एमाले)को विजय अनिवार्य छ । विगतका कमजोरीलाई सच्याउँदै, बाह्य चुनौतीलाई परास्त गर्दै आन्तरिक एकतालाई मजबुद बनाउँदै ‘मिसन – ०८४’ मा सार्थक परिणाम निकाल्न यो महाधिवेशन संकल्प गर्दछ ।

८. नेपालको वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनको मूल धार नेकपा (एमाले) हो । नेकपा (एमाले) एकता र एकीकरणको मुख्य बाहक हो । जनताको बहुदलीय जनवादको सैद्धान्तिक आलोकमा, सुदृढ संगठन र प्रभावशाली नेतृत्वको वरिपरि सिंगो वामपन्थी जनमत धु्रवीकृत हुनु आजको आवश्यकता हो । यही राष्ट्रिय कार्यभारलाई मनन गर्दै वामपन्थी विचारधारामा विश्वास गर्ने आम जनसमुदायलाई नेकपा (एमाले) मा गोलबन्द हुन यो विधान महाधिवेशन हार्दिक आह्वान गर्दछ ।

९. यो महाधिवेशन नजिकिँदै गएका चाड पर्वहरु दशैं, तिहार, छठ, नेपाल सम्वत्लगायतमा हुनसक्ने महङ्गी र कालाबजारी नियन्त्रण गर्दै जनतालाई अति आवश्यक उपभोग्य वस्तुको सर्वसुलभ र सहज आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउँदछ ।

१०. यो महाधिवेशन पहाडबाट तराई, गाउँबाट सहर, सहरबाट विदेशतर्फ भइरहेको बसाइँसराइँप्रति गम्भीर चिन्ता व्यक्त गर्दछ । यसबाट भविष्यमा सामाजिक, आर्थिक तथा राजनीतिक असन्तुलन उत्पन्न हुनेछ । तसर्थ आन्तरिक र बाह्य बसाइसराइको समस्याको समाधान गर्न तीन तहकै सरकारले तत्काल सार्थक पहल लिन गम्भिर ध्यानाकर्षण गर्दछ । जनसंख्या बृद्धिको ऋणात्मक र लैङ्गिक असन्तुलनले ल्याउने नकारात्मक परिणामप्रति बेलैमा सचेत भएर उपयुक्त नीति तर्जुमा गर्न पनि सरकारको ध्यानाकर्षण गर्दछ । साथै, ग्रामीण भेगमा बाँदर, बँदेल, जंगली हाती, चितुवा, बाघ लगायतका वन्यजन्तुको आक्रमणबाट भइरहेको मानवीय तथा जैविक क्षतिको रोकथामका लागि उचित प्रबन्ध गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं ।

११. यही २०८२ कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा र मनाङ प्रदेश ख मा प्रदेशसभा सदस्यको लागि उपनिर्वाचन हुँदैछ । उक्त दुवै स्थानमा हाम्रो पार्टीको विजयलाई सुनिश्चित गर्न यो विधान महाधिवेशन दृढसंकल्प गर्दछ । साथै, निर्वाचन परिचालनमा उत्साहका साथ जुट्न सम्बन्धित क्षेत्रको पार्टी पंक्तिलाई हार्दिक आह्वान गर्दछ ।

१२. नेपाल प्रकृति संरक्षण र जलवायु सन्तुलनमा विशिष्ट योगदान तथा न्युनकार्बन उत्सर्जन गरेर पनि विश्वमा सबैभन्दा बढी जलवायु जोखिममा परेको मुलुक हो । तीन वर्ष अगाडि मेलम्चीमा आएको बाढी, गतवर्ष सगरमाथा क्षेत्रको थामे र हुम्लामा भएको हिमताल विस्फोटन एवं काठमाडौं उपत्यका वरिपरी आएको मुसलधारे वर्षा र त्यसले पु¥याएको धनजनको क्षति तथा यस वर्ष मात्र हुम्ला र रसुवा क्षेत्रमा आएको हिमताल विष्फोटन तथा बाढी पहिरो र तराई तथा मधेश क्षेत्रमा परेको खडेरीले पारेको अकल्पनीय र अपुरणीय छन् । त्यसमा पनि आर्थिक अवस्था कमजोर भएका बालबालिका, महिला, जेष्ठ नागरिक तथा अपाङ्ग समुदायहरु जलवायु परिवर्तनको कारण बढी मारमा परेका छन् । जलवायु परिवर्तन हुनमा विकसित राष्ट्रको भूमिका बढी भएको तथ्य विज्ञानले प्रमाणित गरिसेको छ । तसर्थ जलवायु परिवर्तनको समस्या समाधान गर्न पनि विकसित राष्ट्रहरुले बढी जिम्मेवारी लिनुपर्ने हुन्छ । जलवायु वित्त, जलवायु प्रविधि र क्षमता विकास लगायतका विषयमा अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले अझ प्रभावकारी भूमिका निर्वाह गर्नु पर्दछ । नेपाल सरकारले २०८२ साल जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद सफलतापूर्वक आयोजना गरी नेपालको जलवायु परिवर्तनको एजेन्डालाई अन्तराष्ट्रियकरण गर्न सफल भएकोमा पार्टी सम्माननीय प्रधानमन्त्रीज्यूलाई विशेष धन्यवाद दिन चाहन्छ ।

१३. नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सम्पन्न ७ बुँदे सहमतिको आधारमा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले चौध महिना पुरा भएको छ । दुई प्रमुख दलको सहकार्यसँगै राजनीतिक स्थायित्वको आधार निर्माण भएको छ । बराथिलएको र ओरालो लागेको अर्थतन्त्रलाई सकारात्मक पहलमार्फत लयमा फर्काइएको छ । सडक, सिँचाई, सुरुङ्ग मार्गलागायतका ठूला पूर्वाधार निर्माणको काममा गति पैदा भएको छ । आन्तरिक तथा बाह्य लगानीका लागि कानूनी तथा संरचनागत सुधार गरिएको छ । लामो समयदेखि संघीय संसदमा अड्किएका विधेयकहरुलाई पारित गरी विधायिकी काममा तीब्रता दिइएको छ । यसबीचमा प्रधानमन्त्रीको तहबाट भएका वैदेशिक भ्रमणका क्रममा (चीन, संयुक्त राष्ट्रसंघ, स्पेन, थाइल्याण्ड, तुर्केमिनास्तान) दुईपक्षीय तथा बहुपक्षीय मञ्चमा प्रधानमन्त्रीको संबोधनले विश्वमा नेपाल देखिने र सुनिने भएको छ । सहकारीलगायत वित्तीय क्षेत्रमा बचतकर्ताहरुको सुरक्षा र आर्थिक अपचलन गर्नेहरु माथि छानविन तथा कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ । सुशासन प्रबद्र्धनमा जोड दिइएको छ ।

भूमिसम्बन्धी ऐनको संशोधनमार्फत् दशौं लाखको संख्यामा रहेका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधानको पहल सुरु भएको छ । श्रमिकहरुको न्यूनतम ज्यालामा बृद्धि गरिएको छ । प्रतिगामी तथा प्रतिक्रियावादी तत्वहरुको संविधान र व्यवस्थाविरोधी हर्कतहरुलाई निस्तेज गरी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा जोड दिइएको छ । समग्रतामा गएको १४ महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारले गरेका सकारात्मक कार्यहरुप्रति हाम्रो पार्टी गर्ब गर्दछ । आर्थिक सुधार, विकास निर्माणमा तीब्रता, जनगुनासोको सम्बोधन, भ्रष्टाचार नियन्त्रण, सुशासन प्रबद्र्धन तथा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, गौतम बुद्ध भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु गर्न, अझ प्रभावकारी कदम चाल्न यो महाधिवेशन नेपाल सरकारको ध्यानाकर्षण गर्दछ । प्रतिस्पर्धा, सहकार्य र सहअस्तित्वमा आधारित राष्ट्रिय शक्ति निर्माणको सन्दर्भमा ७ बुँदे सहमतीले दुई पार्टीबीचको सहकार्यको सान्दर्भिकतालाई पुष्टि गरेको छ । हाम्रो पार्टी उक्त सहमतिअनुसार अघि बढ्न प्रतिबद्ध छ ।

१४. भूमि उपयोगको स्थिर नीतिको अभाव, कृषिको यान्त्रिकीकरण तथा व्यवसायीकरणको अभाव, समयमै गुणस्तरीय मल तथा बिउ प्राप्त नहुनु, सिँचाईको पर्याप्तता नहुनु, वास्तविक किसानलाई कृषि उपजको उचित मूल्य प्राप्त नहुनु, कृषि व्यापारमा बिचौलियाहरु हाबी हुनुजस्ता समस्याले कृषिको उत्पादकत्व बढ्नसकेको छैन । कृषि क्षेत्रका उपरोक्त समस्याको दीर्घकालीन समाधान गर्दै सुनकोसी मरिन, भेरी बबई, बागमती–कमला, गण्डक, महाकाली, कोशी, तमोर–चिसाङ् जस्ता सिँचाई आयोजनाको निर्माण कार्य सम्पन्न गरी तराई÷मधेशमा बाह्रै महिना सिँचाई पु¥याउन यो विधान महाधिवेशन नेपाल सरकारसमक्ष माग गर्दछ । साथै चुरे संरक्षणको प्रभावकारी योजनामार्फत् तराई–मधेसको ईकोसिस्टमको रक्षा गर्न समेत सरकारको ध्यानाकर्षण गर्दछ । दुग्ध तथा उखु किसानहरुको बक्यौता तत्काल चुक्ता गर्न माग गर्दछ ।

१५. हाम्रो पार्टी आमनेपाली जनसमुदायलाई र विषेशगरी नेकपा (एमाले)का पार्टी सदस्यहरुलाई श्रम र उत्पादनको कार्यमा जोडिँदै स्वरोजगार र व्यावसायिक बन्ने अभियानमा सक्रियतापूर्वक भाग लिन हार्दिक आह्वान गर्दछ । साथै, हाम्रै पार्टीको नेतृत्वमा सुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पार्टीको सम्पूर्ण पंक्ति तथा आम जनसमुदायलाई हार्दिक आह्वान गर्दछ ।

१६. संघीयता कार्यान्वयनसँग प्रत्यक्ष जोडिएका विद्यालय शिक्षा ऐन, संघीय निजामती सेवा ऐन, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसम्बन्धी ऐन समयमै निर्माण हुन नसक्दा सेवा प्रवाह र शासकीय क्षेत्रमा थुप्रै जटिलता उत्पन्न भएका छन् । तसर्थ हामी संघीय संसदमा रहेका उपरोक्त विधेयकहरुलाई यथाशीघ्र पारित गर्न सम्बद्ध सबै दल र सांसदहरुको गम्भिर ध्यानाकर्षण गर्दछौं ।

१७. वर्तमान सरकार गठनपूर्व नेकपा (एमाले) र नेपाली कांग्रेस बीचमा हस्ताक्षर भएको ७ बुँदे सहमतिमा वर्तमान संविधानको सबल र दुर्बल पक्षको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुकूलका कानुन निर्माण गर्ने विषय उल्लेख गरिएको छ । त्यसयता संविधान संशोधनका सन्दर्भमा राष्ट्रिय बहस चलिरहेको छ । तसर्थ हाम्रो पार्टी उपरोक्त प्रतिवबद्धताअनुरुप संविधानको समीक्षा र संशोधनका कामहरु तत्काल थालनी गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछ । साथै, यस काममा सकारात्मक सहयोगका लागि सबै राजनीतिक दल तथा आम जनसमुदायलाई हार्दिक आह्वान गर्दछ ।

१८. सदियौंदेखि चल्दै आएका अन्धविश्वास तथा रुढिवादी परम्परा र चिन्तनका कारण अहिले पनि दलित तथा महिला समुदायले यदाकादा विभेद र उत्पीडनको सिकार हुनुपरेको छ । हालै अछाम पञ्चदेवल बिनायक नगरपालिकाको छाउगोठ भत्किदा बबिता भण्डारी र उनको नाबालक छोरीको अकालमा मृत्यु र केही समय अगाडि कञ्चनपुरको छाउगोठमा बसेकी महिलाको सर्पको टोकाइबाट मृत्युले हामी सबैलाई स्तब्ध बनाएको छ । हाम्रो पार्टी सबै प्रकारका सामाजिक, साँस्कृतिक तथा लैङ्गिक विभेद र उत्पीडनलाई अन्त्य गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्न प्रतिबद्ध छ । हामी आवश्यक जनचेतना तथा कानुनको कार्यान्वयनमार्फत सामाजिक तथा लंङ्गिक विभेद र उत्पीडनलाई अन्त्य गर्न सरकारी तथा गैरसरकारी निकायको सक्रियताका लागि अपिल गर्दछौं ।

१९. जनसांख्यिक संरचनाअनुरुप युवा, महिला, श्रमिक, जनजाति, मधेसी, मुस्लिम, थारु, अल्पसंख्यक, पिछडिएको क्षेत्र, अपाङ्गता भएका समुदाय, लैंगिक तथा यौनिक अल्पसंख्यक लगायतको बीचमा व्यापक रुपमा पार्टी सदस्य विस्तारमा ध्यान दिन यो महाधिवेशन पार्टीपंक्तिलाई आह्वान गर्दछ ।

२०. यो महाधिवेशन जातपात र छुवाछूत व्यवस्थाको याथाशीघ्र अन्त्यका लागि ठोस कार्ययोजनासहित “छुवाछुत फालौं, समाज बदलौ” भन्ने नाराकासाथ समाजमा रहेको जातीय विभेद र छुवाछूतलाई अन्त्य गर्न र दलित समुदायको प्रतिनिधित्व  बृद्धि, स्रोत साधनमा पहुँच, सम्मान र सचेतनताका क्षेत्रमा ठोस पहल गर्न यो दोस्रो विधान महाधिवेशन देशव्यापी जागरण अभियान सञ्चालन गर्ने दृढ संकल्प गर्दछ ।

२१. हालै मित्रराष्ट्र भारत र चीनले लिपुलेक पासमार्फत् दुई देशले व्यापार गर्ने भन्ने सहमतिप्रति हाम्रो पार्टी गम्भीर असहमति व्यक्त गर्दछ । दुवै मित्रराष्ट्रहरुलाई उक्त सहमतिबाट पछि हट्न अपिल गर्दछ । उच्च कुटनीतिक पहलकदमीमार्फत् उक्त समस्या समाधान गरी काली नदी पूर्व नेपालको हक स्थापित गर्न नेपाल सरकारलाई माग गर्दछौं । अतिक्रमित भूमिसँगै जोडिएका छाँगरु र तिंकरका जनतालाई राष्ट्रिय मुलधारमा जोड्न सडक, यातायात, शिक्षा, स्वास्थ्य लगायत पूर्वाधार निर्माण, खाद्य व्यवस्था, रोजगारीलगायत जनजीविकाका सवालहरुलाई योजनाबद्ध रुपले कार्यान्वयन गर्न नेपाल सरकारसमक्ष माग गर्दछ ।

२२. प्रवासमा रहेका नेपालीहरुको हक, अधिकार र सम्मानका लागि हाम्रो पार्टी निरन्तर प्रयत्नशील छ । गैरआवासीय नेपाली संघ, प्रवासी नेपाली मञ्चलगायतका संघ÷संगठनहरुले उठाउँदै आएका मागप्रति हाम्रो पार्टीको ऐक्यबद्धता रहेको छ । यसैक्रममा प्रवासी नेपालीहरुको हक, अधिकार, पुँजी, प्रविधि र सीपको हस्तान्तरण, देशभित्र लगानी, नेपाली पहिचानको निरन्तरता, मतदानसम्बन्धी व्यवस्था लगायतका विषयलाई समेटेर गैरआवासी नेपालीसम्बन्धी कानुन निर्माण गर्न यो महाधिवेशन नेपाल सरकारसमक्ष माग गर्दछ । विभिन्न मुलुकमा रहेका कुटनीतिक नियोगहरुलाई प्रवासी नेपालीहरुको समस्या समाधानका लागि अधिकतम् पहल गर्न ध्यानाकर्षण गर्दछ ।

२३. २०८२ कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दू भएर गएको भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायतका जिल्लामा निकै ठूलो जनधनको क्षति गरेको थियो । तत्कालै नेकपा (एमाले)का तर्फबाट एक हजार स्वयंसेवक परिचालन गरी पीडितहरुको उद्धार, राहत र अस्थायी आवास बनाउने काम गरिएको थियो । नेकपा (एमाले) अध्यक्षको नेतृत्वमा सरकार बनेपछि भूकम्प पीडितहरुलाई राहत दिन लाभग्राहीहरुको पहिचानका लागि म्म्ब् गर्ने तथा कानुन बनाई पुनर्मिाणको काम अघि बढाउन थालिएको छ । यो विधान महाधिवेशन पुननिर्माणको काम तत्काल सम्पन्न गर्न नेपाल सरकारसमक्ष माग गर्दछ ।

२४. हाम्रो पार्टी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रविधिको विकास र निरन्तरको अन्वेषण सँगै सूचनाका साधन र माध्यमहरुमा व्यापक विविधता देखापरेका छन् । सूचना क्रान्तिले ल्याइएको परिवर्तनलाई नेपाली समाजको रुपान्तरण, समृद्धि र राष्ट्रिय एकताको हितमा उपयोग गर्नुपर्दछ । पछिल्ला दिनमा सामाजिक सञ्जाल तथा सूचनाका माध्यमको भद्दा प्रयोगबाट उत्पन्न नकरात्मकतावादको प्रभावप्रति हामी चिन्तित छौं । यसक्रममा सम्मानित सर्वोच्च अदालतले दिएका निर्देशन समेतलाई ध्यान दिँदै सामाजिक सञ्जाल, साईबर सुरक्षा, एआईको प्रयोग, विद्युती कारोबार तथा ड्रोनको सञ्चालन र उपयोगका सम्बन्धमा कानुन निर्माण गर्न नेपाल सरकारसँग माग गर्दछौं ।

२५. दक्षिण एशियामा शान्ति, विकास र आर्थिक समृद्धिको निम्ति एकआपसमा सद्भाव, सहयोग र सहकार्यका लागि सार्क र विमस्टेकजस्ता उपक्षेत्रीय संस्थाहरुको क्रियाशीलता आवश्यक छ । तसर्थ, दक्षिण एसियामा लामो समयदेखि परम्परागत वैमनस्यता र द्वन्द्वलाई अन्त्य गर्न भारत र पाकिस्तानलाई यो महाधिवेशन हार्दिक आह्वान गर्दछ । साथै, २०८२ वैशाख १९ गते भारतको पहलगाममा भएको आतंकवादी हमलाको हाम्रो पार्टी निन्दा तथा भत्र्सना गर्दछ । साथै उक्त आक्रमणमा जीवन गुमाउने नेपाली युवा सुदीप न्यौपाने लगायतप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ ।

२६.  फेब्रुअरी २०२२ बाट सुरु भएको रुस र युक्रेन बीचको युद्ध मानवताका लागि गम्भीर विषय भएको छ । यो युद्धमा हालसम्म दसौं हजारौंको संख्यामा मानिसहरुको ज्यान गएको छ । रुस–युक्रेन युद्धका कारण सिर्जित धु्रवीकरणले विश्व व्यवस्थामा नै खतरा उत्पन्न भएको छ । हामी कुनै पनि समस्याको समाधान युद्धबाट होइन वार्ताबाट हुन्छ भन्ने मान्यता राख्दछौं । तसर्थ संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानूनहरुको पालना गर्दै सम्बद्ध पक्षहरुका बीचमा वार्ताका माध्यमबाट समस्या समाधान गर्नका लागि यो महाधिवेशन जोडदार माग गर्दछ ।

२७. इजरायल–प्यालेस्टाइनबीच दुई वर्ष अगाडिदेखि चर्किएको द्वन्द्वले साठी हजारभन्दा बढीको ज्यान लिएको छ भने लाखौं घाइते र विस्थापित भएका छन् । खाद्य, आवास, औषधि लगायतको संकट उत्पन्न भएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक, घाइतेहरुको जीवन झन् कष्टकर बनेको छ । समग्रतामा मानवीय संकट उत्पन्न भएको छ । हाम्रो पार्टी सबैखाले आतंकवादी हमलाको निन्दा तथा भत्र्सना गर्दछ । युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसंघले पटकपटक पास गरेका ‘दुई राज्य समाधान’को संकल्पहरुलाई आधार मानेर शान्तिपूर्ण वार्ताका माध्यमबाट ईजरायली–प्यालेस्टाइन समस्याको समाधान गर्न हार्दिक अपिल गर्दछ । साथै, ७ अक्टोबर, २०२३ देखि हमासद्वारा अपहरित निर्दोष नेपाली युवा विपीन जोशीलाई तुरुन्त रिहा गर्न अन्तर्राष्ट्रिय समुदायसँग जोडदार माग गर्दछ । यसका लागि प्रभावकारी कुटनीतिक पहल गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

२८. हालै चीनमा सम्पन्न सांघाई सहयोग संगठनकवाे २५औं शिखर सम्मेलनमा आदरणीय पार्टी अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानून, विश्व शान्तिको मान्यता, असंलग्नता, पञ्चशीलका सिद्धान्तसँगै, बहुध्रवीय र बहुपक्षीयताको विचारले अन्तर्राष्ट्रिय जगतमा नेपाल विगतभन्दा प्रभावकारी ढंगले सुनिन र देखिने राष्ट्र बन्नपुगेको छ । पार्टी अध्यक्षले अघि सार्दै आउनुभएको ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने नीतिले नेपालको परराष्ट्र सम्बन्धलाई भविष्यमा सार्थक दिशानिर्देश गर्नेछ । हामी यसप्रति गर्वबोध गदछौं ।

२९. यस महाधिवेशनलाई भव्यरुपमा सफल पार्न पु¥याउनुभएको योगदानका लागि नेकपा  (एमाले) ललितपुर जिल्ला कमिटी र मातहत कमिटीहरु, जिल्लाका जनप्रतिनिधिहरु, गोदावरी नगरपालिका, स्थानीय बासिन्दा, जनजसंगठनहरु, सुरक्षाकर्मी, सञ्चारकर्मी, कलाकर्मी, प्राविधिक मित्रहरु, भान्सा र आवासमा सहयोग पु¥याउने साथीहरु, सवारी चालकहरु सबैलाई धन्यवाद ज्ञापन गर्दछ । महाधिवेशनको सुव्यवस्थाका लागि अहोरात्र खट्ने स्वयंसेवकहरुको उच्च प्रशंसा गर्दछ ।